रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्दै, वरिष्ठ उपाध्यक्ष बन्ने

`

     २०७९ आश्विन ११ गते १:११

काठमाडौँ, असोज ११ । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रविन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन् ।

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

मिश्रसहितको उनको टिम नै राप्रपामा प्रवेश गर्न लागेको हो । वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने राप्रपा स्रोतले जानकारी दिएको छ । ‘वरिष्ठ उपाध्यक्ष पदमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्,’ स्रोतले भन्यो,‘ उनी राप्रपामा पाँचौँ वरीयतामा रहनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?