काठमाडौँ, ९ आश्विन । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्र्रियामा सहभागी हुन निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सुवास नेम्वाङ, धनराज गुरूङ, लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थिति रहेका छन् ।




