भेनेजुएलामा बाढीका कारण ७ जनाको मृत्यु

`

     २०७९ आश्विन ०९ गते १:३६

एजेन्सी, ९ आश्विन । भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण एक धार्मिक जमघटमा सहभागी एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको भेनेजुएलाका गभर्नरले शनिबार बताएका छन् ।

प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमा जानकारी दिनुभएको छ ।

वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा केही उपासकहरूलाई एक्कासि पानीको सतह बढेर आउँदा बगाएको बर्नालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?