सुनको मूल्यमा गिरावट

`

     २०७९ आश्विन ०९ गते ११:३४

काठमाडौँ, असोज ९ । आइतबार सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले गिरावट आएको छ ।

गत शुक्रबार एक हजार रुपैयाँले नै बढ्दै प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पुनः एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ३० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?