काठमाडौँ, असोज ९ । सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिए ।
होटल सङ्घ नेपाल (हान) ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ का अवसरमार उनले शुक्रबार बसेको मन्त्रिपरिषद्को बै्रठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको बताए ।
पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजनामा भ्रमण दशक मनाउने उल्लेख छ । तथापि, भ्रमण दशकमा के कस्ता कार्यक्रम गरिने भन्ने अहिले खुलाइएको छैन ।




