काठमाडौँ, असोज ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन प्रस्ताव गरेको छ । बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले मिश्र पार्टी प्रवेश गर्न तयार भएको भन्दै उनलाई वरिष्ठ उपाध्यक्ष दिनेबारे औपचारिक प्रस्ताव गरेका हुन् ।
राप्रपाका एक नेताले अध्यक्षले मिश्रसँग एकताबारे अध्यक्षले बैठकलाई जानकारी गराएको बताए । यसअघि राप्रपाको सहअध्यक्षमा बार्गेनिङ गर्दै आएका मिश्र आफ्नो पूर्ववत् अडानबाट पछि हट्दै वरिष्ठ उपाध्यक्ष बन्न राजी भएपछि दुई पक्षीय बैठक सकारात्मक बनेको हो ।




