इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच भेट

`

     २०७९ आश्विन ०६ गते १२:४८

एजेन्सी, ६ आश्विन । इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ ।

दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उहाँहरुका बीचमा भेटवार्ता भएको हो ।

जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उहाँहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?