काठमाडौं, असोज ५ । बुधवार साँझ बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागी हँदा ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताएअनुसार आगलागीमा परेर ३ जनाको मृत्यु भएको छ। इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् । मृतकको पहिचान खुलेको छैन ।




