काठमाडौँ, असोज ५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कुनै मतलव नभएको प्रतिक्रिया दिएका छन् ।
हाम्रो मत नागरिकता विधेयक पारित गर्नु हुँदैन भन्ने हो । नागरिकता विधेयकका विषयमा हाम्रो सहमति छैन । केसीले भने, ‘राष्ट्रपतिको कदम ठिक वा बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्छ भन्ने हो । राष्ट्रपतिले ठिक बेठीक जे गरेपनि आफ्नो ठाउँमा छ ।’




