काठमाडौँ, असोज ४ । आज नेपालमा थप ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको छ । महामारीमा हालसम्म देशमा १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।




