बाबुरामको हारगुहारपछि माओवादीले समानुपातिकमा बाबुरामलाई दियो ५ सिट-

`

     २०७९ आश्विन ०३ गते ९:३२

काठमाडौं, ३ आश्विन ,सोमबार । माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनालाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाइएको महासचिव देवप्रसाद गुरूङले जानकारी दिएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाईसकोको छ ।

माओवादी महासचिव गुरुङका अनुसार प्रदेश सभातर्फ पनि समाजवादी पार्टीका नेताहरू उम्मेदवारमा परेका छन् । उनका अनुसार मा‌ओवादीले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम समावेश गरेर बन्दसूची पेश गरेको छ । महासचिव गुरूङ र उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल समानुपातिक उम्मेदवारको बन्दसूची लिएर आज आयोग पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?