काठमाडौँ, असोज ३ । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो ३ बजे निर्वाचन आयोगमा बुझाउने भएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।
मधेस प्रदेशबाट विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना लगायतका शीर्ष नेताको नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ ।




