advertisement

नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किएपछि सात जनाको ज्यान जानुको साथै कम्तिमा ३७ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । दिल्लीमा लगातार दोस्रो दिन ढुंगा हानाहान भएको छ।

सरकार समर्थकहरू ‘जय श्रीराम’ को नारा लगाउँदै कानुनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप भएको हो । सडकमा कतिपय मुसलमानमाथि भीडले सांघातिक कुटपिट गरेका छन् । कतिपय ठाउँमा पेट्रोल बमसमेत प्रयोग गरिएका छन् । वरिपरिका पसल, घर र सवारी साधनमा आगो लगाइएको छ ।

प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो । उत्तरपूर्वी दिल्लीको मौजपुर, जफराबाद, भजनपुरा, कर्दामपुरी, दयालपुर र चाँदबाद क्षेत्रमा हिंसा भड्किएको बताइएको छ । हिंसा भड्किएपछि दिल्ली मेट्रो रेल कर्पोरेसनले उत्तरपूर्वी दिल्लीका विभिन्न स्थानको सेवा बन्द गरेको जनाइएको छ ।

" /> दिल्लीमा लगातार दोस्रो दिन पनि ढुंगा हानाहान, सात जनाको मृत्यु - Sarbocha Media

दिल्लीमा लगातार दोस्रो दिन पनि ढुंगा हानाहान, सात जनाको मृत्यु

`

     २०७६ फाल्गुन १३ गते ७:०८

एजेन्सी, १३ फागुन । भारतमा सरकार समर्थकद्वारा नागरिकता कानुनका विरोधीहरूमाथि सोमबार भएको आक्रमण परी सात  जनाको मृत्यु भएको छ, भने कम्तिमा ३७ जना घाइते भएका छन् ।

advertisement

नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किएपछि सात जनाको ज्यान जानुको साथै कम्तिमा ३७ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । दिल्लीमा लगातार दोस्रो दिन ढुंगा हानाहान भएको छ।

सरकार समर्थकहरू ‘जय श्रीराम’ को नारा लगाउँदै कानुनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप भएको हो । सडकमा कतिपय मुसलमानमाथि भीडले सांघातिक कुटपिट गरेका छन् । कतिपय ठाउँमा पेट्रोल बमसमेत प्रयोग गरिएका छन् । वरिपरिका पसल, घर र सवारी साधनमा आगो लगाइएको छ ।

प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो । उत्तरपूर्वी दिल्लीको मौजपुर, जफराबाद, भजनपुरा, कर्दामपुरी, दयालपुर र चाँदबाद क्षेत्रमा हिंसा भड्किएको बताइएको छ । हिंसा भड्किएपछि दिल्ली मेट्रो रेल कर्पोरेसनले उत्तरपूर्वी दिल्लीका विभिन्न स्थानको सेवा बन्द गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?