भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न : प्रचण्ड

`

     २०७९ भाद्र ३० गते ४:३२

काठमाडौँ, ३० भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्दिनँ भनेर भित्रभित्रै भ्रष्टाचार गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको भन्दै यस्तो प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने स्पष्ट पारे । उनले अव मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने धारणा पनि राखे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?