बारामा पाँच हजार लालपुर्जा बाँड्दै

`

     २०७९ भाद्र २७ गते ३:१७

काठमाडौँ, भदौ २७ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै ५ हजार लालपुर्जा बाँड्ने तयारी गरेको छ । आयोगको जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी गरी करिव ५ हजारलाई तत्कालै लालपुर्जा बाँड्ने गरी काम भइरहेको जनाएको छ ।

जिल्लाका १६ वटा स्थानीय तहमध्ये ७ वटा पालिकासँग सम्झौता गरेर आयोगले काम गरिरहेको छ ।

‘जग्गाको नाप, नक्सा, फिल्डबुक, लालपुर्जा, राजस्व सबै मिलाउने काम भइरहेको छ,’ उनले भने । उनका अनुसार हालसम्म आयोगले जीतपुर सिमरा उपमहानगर, कोहल्वी र निजगढ नगरपालिकाको ३ सय बिगाहा ऐलानी पर्ती जग्गा नापी गरिसकेको छ ।

अन्य पालिकामा भने वडाले संकलन गरेको तथ्याङ्क रुजु गर्ने काम भइरहेको आयोगका जिल्ला अध्यक्ष उप्रेतीले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?