आज सुनको मुल्यमा ३०० रुपैयाँको गिरावट

`

     २०७९ भाद्र २७ गते १:२५

काठमाडौं, भदौ २७ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको बताएको छ ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ । हिजो, छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ छ
।

हिजो आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो । गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य स्थिर रहेको हो । यसैगरी, चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?