गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

`

     २०७९ भाद्र २७ गते १२:४७

काठमाडौँ, भदौ २७ । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो ।

आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए ।

जारी बैठक सिट बाँँडफाँटमा केन्द्रित रहेको छ । कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँँडफाँट गर्ने भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?