चुनावी सिट बाँडफाँटमा सहमति जुट्न सकेन

`

     २०७९ भाद्र २५ गते ९:४२

काठमाडौँ, २५ भाद्र, शनिबार । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ । शनिबार बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनको अर्को बैठक भोलि ८ बजे फेरि बस्नेछ ।

१६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । ७५ सिटमा विवाद देखिएको छ । कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सिट बाँडफाँट गर्ने भनेता पनि अहिलेसम्म भने सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?