advertisement

यस्तै, जर्मनीमा २२, भियतनामा २२, बेलायतमा १३, युएईमा १३, फ्रान्समा १२, क्यानडामा ११, मकाउमा १०, कुवेतमा ५, स्पेनमा ३, फिलिपिन्समा ३, भारतमा ३, बहराइनमा २, इजरायलमा २, ओमानमा २, रुसमा २ र अफगानिस्तान, बेल्जियम, कम्बोडिया, इजिप्ट, फिनल्याण्ड, इराक, लेबनान, नेपाल, श्रीलंका र स्वीडेनमा एक–एक जनामा यो भाइरस देखिएको जनाइएको छ।

" /> कोरोना भाइरसबाट ज्यान जानेको संख्या २ हजार ६ सय ९९ पुग्याे - Sarbocha Media

कोरोना भाइरसबाट ज्यान जानेको संख्या २ हजार ६ सय ९९ पुग्याे

`

     २०७६ फाल्गुन १३ गते २:३१

एजेन्सी, १३ फागुन । कोरोना भाइरसबाट ज्यान जानेको संख्या २ हजार ६ सय ९९ पुगेको छ । कोरोना भाइरसको कारण चीनमा २ हजार ६ सय ६३ र अन्य देशमा ३६ जनाको गरी २ हजार ६ सय ९९का ज्यान गएको हो।

चीनमा मात्र सोमबार थप ७१ जनाको ज्यान गएको छ । चीन बाहिर दक्षिण कोरियामा ८, इटालीमा ७, जापानमा १, हङकङमा २, इरानमा १२, ताइवानमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले जनाएको छ ।

विश्वका ८० हजार १ सय ४८ जनामा यो भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ। मुख्य भूमी चीनमा हालसम्म ७७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। यीमध्ये २७ हजार ३ सय २३ जना विरामीहरु निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिरहेको छ ।

दक्षिण कोरियामा ८ सय ९३ जना, इटालीमा २ सय २९ जना, जापानमा १ सय ५९ जना, सिंगापुरमा ९० जना, हङकङमा ८१ जना, इरानमा ६१ जना, अमेरिकामा ५३ जना, थाइल्याण्डमा ३५ जना, ताइवानमा ३० जना, अष्ट्रेलियामा २२ जना, मलेसियामा २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

advertisement

यस्तै, जर्मनीमा २२, भियतनामा २२, बेलायतमा १३, युएईमा १३, फ्रान्समा १२, क्यानडामा ११, मकाउमा १०, कुवेतमा ५, स्पेनमा ३, फिलिपिन्समा ३, भारतमा ३, बहराइनमा २, इजरायलमा २, ओमानमा २, रुसमा २ र अफगानिस्तान, बेल्जियम, कम्बोडिया, इजिप्ट, फिनल्याण्ड, इराक, लेबनान, नेपाल, श्रीलंका र स्वीडेनमा एक–एक जनामा यो भाइरस देखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?