advertisement

यसका लागि गाँस, बास र कपासका लागि खर्च दिन महानगर तयार रहेको भन्दै उनले बस्ने घर हुँदाहुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सिर्जना नगर्न पनि प्रमुख शाक्यले सम्बन्ध भएका सबैसँग आग्रह गरे।

उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर स्क्रिनिङ सेन्टरमा कम्तीमा पाँच दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ। यसरी सडकबाट उठाइएका व्यक्तिमा १६ वर्षमाथि ४० वर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन्।

तीमध्ये पनि रक्सी र लागुऔषधको प्रयोगकर्ता धेरै छन्। बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पुर्‍याउनसक्ने धारणा राखे।

" /> काठमाडौँ महानगरपालिकाले सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु - Sarbocha Media

काठमाडौँ महानगरपालिकाले सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

`

     २०७६ फाल्गुन १३ गते २:०३

काठमाडौं, १३ फागुन । काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट सुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको छ। मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हालसम्मको अवधिमा ७४९ व्यक्तिलाई उद्धार गरिएको बताए।

यीमध्ये ६९६ लाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई अन्य नगरबाट उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ७३ जनाको स्थायी ठेगाना कामपा हो। पैँतालीस जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले भने, ‘सत्तरीको स्क्रिनिङ हुन बाँकी छ, ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने सातको मृत्यु भएको छ।’

काठमाडौँमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

सडकलाई बेसहारा, अभिभावकविहीन, सडक आश्रित ९सहयोगापेक्षी० मानवमुक्त बनाउन गठित मूल समारोह समितिको संयोजक एवं महानगर प्रमुख शाक्यले बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानवअधिकारका सबालमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनुपर्ने बताए।

advertisement

यसका लागि गाँस, बास र कपासका लागि खर्च दिन महानगर तयार रहेको भन्दै उनले बस्ने घर हुँदाहुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सिर्जना नगर्न पनि प्रमुख शाक्यले सम्बन्ध भएका सबैसँग आग्रह गरे।

उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर स्क्रिनिङ सेन्टरमा कम्तीमा पाँच दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ। यसरी सडकबाट उठाइएका व्यक्तिमा १६ वर्षमाथि ४० वर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन्।

तीमध्ये पनि रक्सी र लागुऔषधको प्रयोगकर्ता धेरै छन्। बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पुर्‍याउनसक्ने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?