राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनैपर्छ-गृहमन्त्री खाँण

`

     २०७९ भाद्र १८ गते ८:०६

काठमाडौं, १८ भदौ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने गृहमन्त्री बालकृष्ण खाँणले अभिव्यक्ति दिएका छन् ।

शनिबार भैरहवामा आयोजित सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघको दोश्रो साधारण सभामा गृहमन्त्री खाँणले संविधानको धारा ११ मा रहेको ब्यवस्थालाई कार्यान्वयन गर्न सरकारले नागरिकता बिधेयक ल्याएको बताए । राष्ट्रपतिले संविधान बमोजिम एकपटक विधेयकलाई संसदमा फिर्ता पठाएको भन्दै खाँणले राष्ट्रियसभाले समेत पारित गरेको विधेयकलाई पुनः आइतबार राष्ट्रपति समक्ष पेश गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?