अफ्ताब आलम रौतहट-२ बाट सिफारिस

`

     २०७९ भाद्र १६ गते ६:४७

काठमाडौँ, १६ भदौ । सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम रौतहट-२ बाट संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

रौतहट काँग्रेसको जिल्ला समितिले आलमको नाम रौतहट-२ बाट सिफारिस गरेको हो ।

अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् भने उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?