२ अमेरिकी नौसेना युद्धपोतहरूले ताइवान स्ट्रेटको अन्तर्राष्ट्रिय जलक्षेत्रमा गस्ती गर्दै

`

     २०७९ भाद्र १३ गते ८:२६

काठमाडौं, भदौ १३ । २ अमेरिकी नौसेना युद्धपोतहरूले आइतबार ताइवान स्ट्रेटको अन्तर्राष्ट्रिय जलक्षेत्रमा गस्ती गरेका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीले विवादित रुपमा ताइवान भ्रमण गरेयता अमेरिकाले पहिलो पटक आफ्ना युद्धपोत त्यहाँ पठाएको हो ।

क्रुजर चान्सेलर्सभिल र एन्टिएटमले अपरेशन गरिरहेको अमेरिकी नौसेनाले बताएको छ । यस्ता अपरेशनहरू पूरा गर्न सामान्यतया आठदेखि १२ घण्टा लाग्छ । यो गतिविधिलाई चिनियाँ सेनाले नजिकबाट गरिरहेको हुन्छ । हालैका वर्षहरूमा अमेरिकी युद्धपोत र कहिलेकाहीं बेलायत र क्यानाडा जस्ता सहयोगी राष्ट्रहरूका युद्धपोतले नियमित रूपमा ताइवान स्ट्रेट हुँदै गस्ती गर्ने गरेका छन् । यसले चीनलाई क्रोधित बनाउने गरेको छ भने ताइवानलाई समर्थन मिल्ने गर्छ । अगस्तको शुरुमा भएको पेलोसीको ताइवान भ्रमणले चीन आक्रोशित बनेको थियो भने यसले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी प्रयासका रुपमा भ्रमणलाई व्याख्या गरेको थियो । त्यसपछि चीनले उक्त टापु नजिकै सैन्य अभ्यास शुरु गरेको थियो जुन त्यसयता जारी छ ।

’यी ९अमेरिकी० जहाजहरू कुनै पनि तटीय राज्यको क्षेत्रीय समुद्रभन्दा परको जलडमरूमध्यको कोरिडोरबाट ट्रान्जिट भएका थिए,’ अमेरिकी नौसेनाले भनेको छ । यो अपरेसनले स्वतन्त्र र खुला इन्डो प्यासिफिकमा संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता देखाउँछ र अन्तर्राष्ट्रिय कानूनले अनुमति दिएको ठाउँमा अमेरिका सेना उड्ने गस्ती गर्ने र अपरेशन चलाउने नौसेनाले बताएको छ ।

चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले जहाजलाई पछ्याउँदै चेतावनी दिएको बताएको छ । ’थिएटरमा सेनाहरू उच्च सतर्कमा रहेर कुनै पनि समयमा कुनै पनि उत्तेजनालाई विफल पार्न तयार छन्,’ चिनियाँ पक्षले विज्ञप्तीमार्फत भनेको छ । ताइवानको रक्षा मन्त्रालयले जहाजहरू दक्षिण दिशामा यात्रा गरिरहेको र यसका सेनाहरूले निरीक्षण गरिरहेको तर स्थिति सामान्य रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?