आज नेपाली बजारमा सुनको मुल्य ५ सय रुपैयाँले बढ्यो

`

     २०७९ भाद्र ०९ गते १२:००

काठमाडौं, भदौ ९ । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।

बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?