नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले महेन्द्रराजमार्गमा टायर बालेर सडक अवरोध

`

     २०७९ भाद्र ०७ गते १२:१०

काठमाडौँ, भदौ ७ । आज नेपाल बन्दको आह्वान गरेको नेकपा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले सदरमुकाम कावासोतीस्थित महेन्द्रराजमार्ग अवरोध गरेका छन् ।

बिहान साढे १० बजे जिल्ला प्रहरी कार्यालयबाट ८ सय मिटर पश्चिम महेन्द्रराजमार्गमा टायर बालेका हुन् । मोटरसाइकलमा आएका २ जना बन्दकर्ताले टायर बालेर भागेको प्रत्यक्षदर्शीले बताए ।

बिहानैदेखि बन्दका कारण पूर्वी नवलपरासी प्रभावित भएको छ । महेन्द्रराजमार्गमा बिहानैदेखि सार्वजनिक बस सेवा फाट्टफुट मात्र चलेका छन् । लोकल बस नचलेका कारण राजमार्गमा चहलपहल कम छ ।

शैक्षिक संस्था र कलकारखाना बन्द भएका छन् । राजमार्गमा फाट्टफुट्ट मालबहाक गाडी चलेको देखिन्छ । मुख्य सडकका पसल पातलो खुलेका छन् । भित्रि सडकमा निजी सवारी साधन मात्र सञ्चालन भएका छन् । सार्वजनिक यातायात सञ्चालन नभएका कारण बजारमा सर्वधारण त्यत्ति देखिएका छैनन् । प्रहरीले महेन्द्रराजमार्गका मुख्य बजारमा गस्ती बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?