प्रहरी प्रधान कार्यालयमा श्रव्य दृश्य आधारभूत तालिम सुरु

`

     २०७९ भाद्र ०५ गते १:२६

काठमाडौँ, भदौ । प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा चौथो समूहको श्रव्यदृश्य आधारभूत तालिम सुरु भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले आइतबार तालिमको उद्घाटन गरेका छन् ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले अपराध अनुसन्धान नेपाल प्रहरीको प्रमुख दायित्व भएकोले तालिमपश्चात प्राप्त हुने ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका थिए ।

कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४, प्रहरी हवल्दार २, प्रहरी सहायक हवल्दार १ र प्रहरी जवान १३ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?