आज नेपाल बजारमा सुनको मूल्य स्थिर

`

     २०७९ भाद्र ०५ गते ११:५२

काठमाडौं, भदौ ५ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको बताएको छ । महासंघले आजको भाउ तोक्दै सुनको कारोबार मूल्य स्थिर कायम भएको बताएको हो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ ।

गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको बताएको छ । जुन, गत साताको शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?