सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताको बैठ जारी

`

     २०७९ भाद्र ०२ गते ११:५२

काठमाडौं, भदौ २ । सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।

केहीबेरअघि सुरु भएको बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल भइरहेको छ । यसअघि बुधबार सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो ।

बैठकमा कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले नेतासँग भेट्न बाँकी रहेको सुनाएका थिए । त्यसैले आज शीर्ष नेताको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?