काठमाडौँ, साउन ३१ । नेपालमा दर्ता भएका फर्मरकम्पनीरसंस्थारशाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनबापत विदेशी व्यक्तिरफर्मरकम्पनीरसंस्थाबाट प्राप्त गरेको रकम दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स कम्पनीमार्फत पठाउन सकिने भएको छ ।
यसअघि यस्तो सीमा दैनिक १० लाख रुपैयाँसम्म मात्र थियो । यो सीमा वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्समा भने होइन । नेपाली कम्पनी वा संस्थाहरु जसले विदेशमा सेवारपरामर्श दिएबापत आम्दानी गर्छन् उनीहरुका लागि रेमिट्यान्स कम्पनीमार्फत नेपाल पठाउने सीमा बढेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गरी उक्त सीमा बढाएको हो ।
नेपालमा दर्ता भएका फर्मरकम्पनीरसंस्थारशाखा कार्यालयले विदेशमा आर्जन गरेको आम्दानीमध्ये दैनिक (एकैपटक वा पटक पटक) गरी १५ लाख रुपैयाँसम्म रकम पठाउन सक्नेछन् ।
रेमिट्यान्स कम्पनीहरुले यस्तो रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका काजगातहरु लिन पनि राष्ट्र बैंकले भनेको छ । त्यस्ता कारोबार सम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र आफूसमक्ष पेश गर्न पनि राष्ट्र बैंकले भनेको छ ।




