यो वर्ष १ हजार भन्दा धेरैलाई विभुषण बाड्ने गृह मन्त्रालयको तयारी

`

     २०७९ श्रावण ३१ गते ८:३५

काठमाडौं, साउन ३१ । चुनावको मुखमा यो वर्ष पनि सरकारले ठूलो संख्यामा विुभषण बाँड्ने तयारी गरेको छ । यो वर्ष १ हजार भन्दा धेरैलाई विभुषण बाड्ने गृह मन्त्रालयको तयारी छ ।

आगामी ३ असोजमा घोषणा हुने विभूषणको तयारी बैठक गृहमा बस्ने गरेको छ । जसमा दुई हजार भन्दा धेरैको नाम संकलन भइसकेको छ ।
गत १ बैशाखमा सरकारले करिब नौ सय जनालाई विभिन्न प्रकारका विभूषण वितरण गर्दा राज्यका ढुकुटीबाट १८ करोड रुपैयाँ खर्च भएको थियो । खर्च बढेपछि संख्या घटाउने भन्दा पनि सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर यसपटक बजेट समायोजन गर्न लागेको हो । १ महिनाअघि विभूषणको सुनको परिणाम घटाउने निर्णय भएको हो ।

कर्मचारी र सुरक्षाकर्मी मात्र नभई विभिन्न क्षेत्रका व्यक्तिलाई फकाउन विभूषण दिन लागिएको हो । चुनावमा धेरैलाई विभूषण दिएर खुशी पार्ने सरकारको योजना छ । गत वर्ष पार्किङका ठेकदारसम्मले विुभषण पाएका थिए । पैसा खर्च गरेरै केहीले विभूषण पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?