सत्तारुढ दलका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालले घुस काण्ड लगायतमा गल्ती गर्ने जो कोहीलाई सात पुस्तासम्मको सम्पत्ति जफत गरेर दण्ड सजाय दिनुपर्ने बताएका छन् । गल्ती गर्नेलाई यस हिसाबले कडा भन्दा कडा दण्ड सजाय नगरे नेपालीले नचेत्ने बताएका हुन् ।

भ्रष्टाचार स्थानीय निकाय देखि मौलाएर देश बिग्रेको उनको भनाई थियो । स्थानीय निकाय काम गर्ने भन्दा ज्यादा लुट्ने काममा लागेको उनको आरोप थियो, ‘स्थानीय निकाय काम गर्ने होइन ज्यादा लुट्ने काममा जुटी रहेका छन् । यो पैसाले उनीहरूको दुइटा आँखा होइन तेस्रो आँखा पनि उघ्रेको छ । आफूलाई मिल्ने खाले कर्मचारी लिएर गयो, कागज मिलायो अनि पैसा धमाधम खायो ।

नेता नेपालको अनुसार हाम्रो अनुगमन प्रणाली फितलो भएको कारण विकृति बढेको औँल्याउँदै भने, ‘ हाम्रो अनुगमन प्रणाली कमजोर भएको छ । अधिकार दिने हो तर नियन्त्रण पनि गर्ने हो । अधिकार अनि अनुगमन, यी दुई बिचको सन्तुलन भएन । अधिकार दिने, काम गर्न दिने त्यसको निम्ति विभिन्न क्षेत्रमा काम गर्न बजेटको विनियोजन गर्नुपर्ने, उचित रेसियोहरू तोक्नुपर्ने, अनि त्यो बजेट अनुसार काम भयो भएन भनेर कडाइ साथ अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने । त्यही अनुगमन र सुपरिवेक्षणको आधारमा राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने, दण्ड गर्दा त्यसको सात पुस्ता सम्मको सम्पत्ति जफत गर्नुपर्ने, अनि बल्ल तह लाग्छ नत्र यो नेपालीहरू सजिलो गरी तह लाग्दैनन् ।

नेपालले नेपाली कर्मचारी, नेता, मन्त्रीलाई अधिकार मात्र चाहिएको तर कर्तव्य बिर्सिएको उल्लेख गरे, ‘सबैलाई अधिकार चाहिएको छ, कर्तव्य पुरा गर्ने होइन ।’

‘कर्मचारीको बारेमा कम्प्लेन छ, नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस अनि सबैतिर विकृति छ । कर्मचारी, नेता, मन्त्री आदि जो जो संलग्न छन्, तिनैले सबैतिर बिगारेका छन्’, उनको थप भनाई थियो ।

काठमाडौँमा सोमवार आयोजित एक कार्यक्रममा नेता नेपालले उपरोक्त विचार व्यक्त गरेका थिए ।

" /> सात पुस्तासम्मको सम्पत्ति जफत नगरे नेपालीहरू चेत्दैनन् – माधव नेपाल - Sarbocha Media

सात पुस्तासम्मको सम्पत्ति जफत नगरे नेपालीहरू चेत्दैनन् – माधव नेपाल

`

     २०७६ मंसिर ०३ गते ३:२५

सत्तारुढ दलका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालले घुस काण्ड लगायतमा गल्ती गर्ने जो कोहीलाई सात पुस्तासम्मको सम्पत्ति जफत गरेर दण्ड सजाय दिनुपर्ने बताएका छन् । गल्ती गर्नेलाई यस हिसाबले कडा भन्दा कडा दण्ड सजाय नगरे नेपालीले नचेत्ने बताएका हुन् ।

भ्रष्टाचार स्थानीय निकाय देखि मौलाएर देश बिग्रेको उनको भनाई थियो । स्थानीय निकाय काम गर्ने भन्दा ज्यादा लुट्ने काममा लागेको उनको आरोप थियो, ‘स्थानीय निकाय काम गर्ने होइन ज्यादा लुट्ने काममा जुटी रहेका छन् । यो पैसाले उनीहरूको दुइटा आँखा होइन तेस्रो आँखा पनि उघ्रेको छ । आफूलाई मिल्ने खाले कर्मचारी लिएर गयो, कागज मिलायो अनि पैसा धमाधम खायो ।

नेता नेपालको अनुसार हाम्रो अनुगमन प्रणाली फितलो भएको कारण विकृति बढेको औँल्याउँदै भने, ‘ हाम्रो अनुगमन प्रणाली कमजोर भएको छ । अधिकार दिने हो तर नियन्त्रण पनि गर्ने हो । अधिकार अनि अनुगमन, यी दुई बिचको सन्तुलन भएन । अधिकार दिने, काम गर्न दिने त्यसको निम्ति विभिन्न क्षेत्रमा काम गर्न बजेटको विनियोजन गर्नुपर्ने, उचित रेसियोहरू तोक्नुपर्ने, अनि त्यो बजेट अनुसार काम भयो भएन भनेर कडाइ साथ अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने । त्यही अनुगमन र सुपरिवेक्षणको आधारमा राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने, दण्ड गर्दा त्यसको सात पुस्ता सम्मको सम्पत्ति जफत गर्नुपर्ने, अनि बल्ल तह लाग्छ नत्र यो नेपालीहरू सजिलो गरी तह लाग्दैनन् ।

नेपालले नेपाली कर्मचारी, नेता, मन्त्रीलाई अधिकार मात्र चाहिएको तर कर्तव्य बिर्सिएको उल्लेख गरे, ‘सबैलाई अधिकार चाहिएको छ, कर्तव्य पुरा गर्ने होइन ।’

‘कर्मचारीको बारेमा कम्प्लेन छ, नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस अनि सबैतिर विकृति छ । कर्मचारी, नेता, मन्त्री आदि जो जो संलग्न छन्, तिनैले सबैतिर बिगारेका छन्’, उनको थप भनाई थियो ।

काठमाडौँमा सोमवार आयोजित एक कार्यक्रममा नेता नेपालले उपरोक्त विचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?