काठमाडौं, १२ फागुन । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना भएको जनाइएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने भएको छ । यस्तै सोमबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका मध्य तथा पुर्वी पहाडका केही ठाउँमा पानी पर्ने र बाँकी ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




