आज नेपाली बजारमा सुन मुल्य ५ सय रुपैयाँ घट्यो

`

     २०७९ श्रावण २६ गते ११:४३

काठमाडौं, साउन २६ । आज नेपाली बजारमा सुन मुल्य ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९७ हजार एक रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?