मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा २ सय ७२ कर्मचारीको माग

`

     २०७९ श्रावण २६ गते ८:३७

काठमाडौँ, साउन २६ । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको हो ।

बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयोगी माग गरिएको छ । १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?