आज नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँ बढ्यो

`

     २०७९ श्रावण २४ गते ११:०५

काठमाडौं, साउन २४ । आज नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आज एकै दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो । यससँगै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?