काठमाडौँ, २२ साउन । भारतमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
सत्तारुढ एनडीएले बंगालको पूर्वगर्भनर जगदीप धनखर र विपक्षीले मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् ।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।




