आज नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

`

     २०७९ श्रावण २० गते ११:३९

काठमाडौं, साउन २० । नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले बढ्दै उकालो लागेको छ । बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य २ दिनमा नै १५०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघलेबताएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिन स्थिर रहेकोमा आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार २२० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?