आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्री शर्माको निर्देशन

`

     २०७९ श्रावण २० गते ९:३१

काठमाडौं, साउन २० । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ(आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को प्रगति समीक्षा एवम मन्त्रालय स्तरिय बिकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।

अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेर भएकाले उनले कार्यालयहरुलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा बिकास गर्न पनि निर्देशन दिए ।

साना किसान बिकास बैंकले काठमाडौं उपत्यकाको तरकारीको खपतको आवश्यकता पूरा गर्ने गरि उत्पादन बढाउँन किसानको खेत खेतमा पुग्न पनि शर्माले निर्देशन दिए । कृषि बिकास बैंकले गाउँका किसानलाई कर्जा दिन निर्देशन दिदै गाउँका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?