आज सुन मूल्य प्रतितोला २ सय रुपैयाँ बढ्यो

`

     २०७९ श्रावण १५ गते १:२९

काठमाडौं, साउन १५ । आज नेपाल व्यवसायी महासंघका अनुसार सुन मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

छापावाल सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ६ सय र तेजावी सुनको ९५ हजार एक सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?