सभामुख सापकोटाद्वारा सांसदहरूलाई मास्क लगाउन आग्रह

`

     २०७९ श्रावण १० गते २:४२

काठमाडौं, साउन १० । सभामुख सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोभिड सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् ।

उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?