काठमाडौं, साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली ९ढकाल०लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पराजुलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत पदमा नियुक्त गरेकी हुन् ।
त्यस्तै मिलनराज तुलाधार रूसी महासंघका लागि नेपालको आवासीय राजदूत, प्रा.डा. राम स्वार्थ राय डेनमार्कका लागि नेपालको आवासीय राजदूत र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त भएका छन् ।




