आज नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँ घट्यो

`

     २०७९ श्रावण १० गते ११:५९

काठमाडौं, साउन १० । आज नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेको हो। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?