काठमाडौँ, श्रावण ८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम सहभागी नहुने विषयमा अमेरिकालाई तत्काल चिठ्ठी पठाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् ।
‘अस्ति प्रचण्डजी र मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्तै चिठ्ठी पठाउन भनेका छौं,’ नेपालले भने,
‘त्यसमा ढिलोढाला हुने काम नहोस् भनेका छौं । यो विषयमा जनताहरूबाट पनि आवाज उठ्नु पर्छ । जनता सजग हुनुपर्छ । राष्ट्रियताको रक्षा गर्ने जनताले हो ।’
गत असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि त्यस सम्बन्धी अमेरिकालाई औपचारिक रुपमा जानकारी गराएको छैन ।




