सरकारको कार्यकारी अधिकार कता छ : झलनाथ खनाल

`

     २०७९ श्रावण ०५ गते ३:१४

काठमाडौँ, ५ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एसपीपी अस्वीकार गर्ने सरकारको निर्णयबारे अमेरिकालाई पत्र नलेखेको भन्दै सरकारको कार्यकारी अधिकार कता छ ? भनेर प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता खनालले मुलुकको राष्ट्रियताका सामु अनेक प्रकारका खतरा पैदा भइरहेको भन्दै एसपीपी नस्वीकार्ने भनेर सरकारले गरेको निर्णय एक महिना हुँदा समेत पत्र नपठाएकोमा आश्चर्य व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?