काठमाडौं, साउन ५ । कर्णालीको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाही गठबन्धनको मूल्य मान्यताविपरीत एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै सत्तापक्षकै माओवादी केन्द्रका सांसदले गत मंगलबार प्रदेशसभा बहिस्कार गरेका थिए ।
प्रदेशसभाको अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसेपनि बिना निष्कर्ष सकिएको थियो । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको छ ।




