काठमाडौँ, साउन ५ । सिन्धुपाल्चोकमा गएरातिको वर्षालेआएको बाढीले ठाउँ–ठाउँमा बाटोमा क्षति पुर्याउँदा मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरुद्ध भएको छ । हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक बाढीले क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले बताएका छन् ।
यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए।
गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो। जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।




