काठमाडौँ, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका विषयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णय सही भएको बताएका छन् ।
‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ’ उनले भने, ‘यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहिँ छैन ।’
सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ‘जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो ।




