स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु, ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नागरिक

`

     २०७९ श्रावण ०३ गते १२:५०

काठमाडौँ, ३ साउन । स्पेनमा केही समययता अत्याधिक गर्मी तथा तातो हावाबाट मानिसहरुको मृत्य भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।

तातो मौसमबाट ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको छन् ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?