भारतमा आज श्रीलंका संकटबारे सर्वदलीय बैठक बस्दै

`

     २०७९ श्रावण ०३ गते ११:१२

काठमाडौँ साउन ३ । भारतमा आज श्रीलंका संकटबारे सर्वदलीय बैठक बस्ने भएको छ । तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर आज सर्वदलीय बैठक बोलाएको हो ।

अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन् । आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र एआईएडीएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छिमेकी देशको संकटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो ।

गत साता चर्को विरोधबीच गोटावाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे संकटग्रस्त देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त भएका थिए । श्रीलंकाको संसदले बुधबार नयाँ राष्ट्रपति चयन गर्ने भएको छ ।

प्रदर्शनकारीहरूले देशको आर्थिक उथलपुथलको लागि राजापाक्षे परिवारलाई दोष लगाउँदै आएका छन् । देशका २ करोड २० लाख मानिसहरूलाई खाना, इन्धन र औषधिको अभाव झेल्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?