शक्तिराष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको सांसद देवको दाबी

`

     २०७९ श्रावण ०२ गते २:१५

काठमाडौँ, साउन २ । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्तिराष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएको हो ।

उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पारे । उनले नेपाल कुनै पनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए । सांसद देवले नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताए ।

उनले देशको भू–राजनीतिक अवस्था अनुसार छिमेकी देशहरुसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभइ पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?